सुनुवार भाषाको ‘एप’ लोकार्पण



काठमाडाैं । सुनुवार भाषा सम्बन्धी अफ तथा अनलाइन मातृभाषा प्रशिक्षण एप्लिकेशन (एप्) को लोकार्पण गरिएको छ । सुनुवार सेवा समाजको कार्यालयमा बिहीबार आयोजित एक समारोहबीच उक्त एपको लोकार्पण गरिएको हो ।

अफ तथा अनलाईन मातृभाषा प्रशिक्षण एप्लिकेशन निर्माण समितिका संयोजक किशोर सुनुवारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उक्त लोकार्पण गरिएको हो । उक्त एपको सुनुवार सेवा समाज संघीय समितिको अध्यक्ष रणवीर सुनुवारले लोकार्पण गरेका हुन् । कार्यक्रममा बोल्दै अध्यक्ष सुनुवारले यस एप निर्माणमा सहयोग गर्ने सम्पूर्ण सहयोगीप्रति आभार व्यक्त गर्दै यस एप धेरैभन्दा धेरै प्रयोग गरी सुनुवार भाषाको संरक्षण र सम्बद्र्धनका लागि सबै सुनुवारले जोड दिनुपर्ने बताए ।

सुनुवार भाषाको संरक्षण र प्रवद्र्धनका लागि निर्माण गरिएको उक्त एपको मद्दतले सुनुवार भाषासम्बन्धी ज्ञान प्राप्त गर्न इच्छुक व्यक्तिलाई सहज हुने विश्वास संयोजक सुनुवारले व्यक्त गरे । सुनुवार भाषाको शब्दकोष नै रहेकोले सुनुवार समुदायलाई उक्त एप प्रभावकारी हुने जनाउँदै एन्ड्रोइड र आइओएस डाउनलोड गरी प्रयोग गर्न सकिने संयोजक सुनुवारले बताए ।

सुनुवार सेवा समाजसँग आबद्ध संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको कार्यक्रममा अमृत सुनुवार, शोभा सुनुवार, निरज सुनुवारलगायतका वक्ताले शुभकामना मन्तव्य राखेका थिए ।