

दक्षिण सुडान जाँदै सशस्त्र प्रहरी महानिरीक्षक अर्याल

काठमाडाैं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल दक्षिण सुडान जाने भएका छन्।
मन्त्रिपरिषद्को बिहीबारको बैठकले फागुन १७ गते दक्षिण सुडानमा हुने आर्म्ड पुलिस युनिटको मेडल परेड कार्यक्रममा महानिरीक्षक अर्याललाई सहभागी हुन स्वीकृति दिने निर्णय गरेको हो।
सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले शुक्रबार मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै सो जानकारी गराएकी हुन्।