किन पडकिन्छन् ग्याँस सिलिन्डर? यस्ता छन् बच्ने उपाय…



एलपीजी ग्यासको सिलिण्डर पडकिनुका पछाडि रेगुलेटरबाट हुने ग्यास लिक प्रमूख कारण रहेको बताउँछन् गोइत। ‘सिलिण्डर जथाभावीरुपमा प्रयोग गर्ने, रेगुलेटर तथा चुल्होको नव राम्रोसँग बन्द नगर्ने जस्ता कारणले गर्दा खाना पकाउने ग्यास कहिलेकाँही पडकिने गरेको छ।’ यसबाहेक कमसल तथा गुणस्तर प्रमाणित नभएका चुल्हो, रेगुलेटर, रबर पाइप जस्ता उपकरणका कारण पनि त्यसता घटना हुने गरेको पाइएको छ।

त्यस्तै लामो समयसम्म सिलिण्डर बिना प्रयोग राखीराख्ने जस्ता कार्यले समेत सुरक्षाको जोखिम निम्ताउछ।

‘हामी कहाँ ग्यास स्टकमा राख्ने प्रवृति छ। कैयौं वर्षसम्म त्यसरी स्टकमा रहीरहने तर प्रयोगमा नआउँदा समेत त्यसले जोखिम बढाउने गर्छ।’

 

खाना पकाउने ग्यास प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरा

– सिलिन्डर ल्याउँदा नगुडाउनुहोस।

– सकभर सुतीको कपडा लागएर मात्र खाना पकाउनुहोस।

– भार पर्नेगरी सिलिण्डरमाथि कुनै सामान नराख्नुहोस्।

– ग्यास भरिएको सिलिण्डरको भार बढी नै हुन्छ। त्यसमाथि सामान राख्दा भार थपिने भएकाले यसले जोखिम बढाउँछ।

– एउटै भान्सामा दुई वटा सिलिण्डर सकेसम्म नराख्नुहोस्।

– एकातिर खाना पकाइरहँदा अर्को सिलिण्डरबाट ग्यास लिक भएमा त्यो निकै जोखिम हुन्छ।

– सकेसम्म सिलिण्डरलाई साइडमा आधार दिने गर्नुहोस्। ताकि भुइँचालो जाँदा हुने कम्पनबाट सिलिण्डर नढलोस्। त्यसका लागि कुनो प्रयोग गर्न सक्नुहुन्छ।

– सिलिण्डरलाई कहिलै पनि ढलाएर वा कोल्टो पारेर नराख्नुहोस्।

– सिलिन्डर भन्दा कम्तीमा ६ इन्च माथि ग्यास चुलो राख्नुहोस्।

– कहिल्यै पनि चुलोभन्दा सिलिण्डर माथि राख्नु हुँदैन।

– त्यस्तै ग्यासको रबर पाइप १.५ देखि २ मिटरभन्दा लामो हुनु हुँदैन्।

– सिलिन्डरमा ग्यास सकिनासाथ भान्साभन्दा बाहिर राख्ने गर्नुहोस् वा सम्वन्धित विक्रेतालाई बुझाउनुहोस्।

– पुराना सिलिण्डर प्रयोग नगर्नुहोस्।

– सिलिन्डरबाट ग्यास लिक भएको थाहा पाउनासाथ रेगुलेटर बन्द गर्नुहोस्। त्यसपछि लिक भएको ठाउँ पत्ता लगाउन पाइप, चुलो, रेगुलेटर वा सिलिण्डरको छुट्छाछुट्टै परीक्षण गर्नुहोस्।

– यदि सिलिण्डरबाटै लिक भएको भए चुल्हो, लाइटर, धुप तथा कोठाको बिजुली बत्ती निभाउनुहोस तथा सबै झेयाल ढोका खोलि ग्यासको मात्रा घटाउने तर्फ लाग्नुहोस्।

– पाइपबाट लिक भएमा पाइप फेर्नुहोस्। लिक भएको पाइपलाई नै टेपले टाँसेर प्रयोग गर्ने मुर्खता नगर्नुहोस्।

– धेरै पुरानो पाइप प्रयोग नगर्नुहोस्।

– त्यस्तै रेगुलेटरबाट ग्यास लिक भएमा सिलिण्डरको भल्वमा सेटी क्याम्प लगाएर घर बाहिर खुल्ला ठाउँमा राख्नुहोस र नजिकको ग्यास विक्रेता वा सम्बन्धीत ग्यास उद्योगलाई खबर गर्नुहोस।

– रेगुलेटर नमिलेर वा बिग्रेर पनि ग्यास लिक हुन सक्छ। सिलिण्डर फेरिसकेपछि रेगुलेटर राम्ररी कँस्नुहोस।

– खाना बनाइसकेपछि बन्द गर्ने गर्नुहोस्।

 

सिलिण्डरको म्याद थाहा पाउने उपाय

आफ्नो भान्सामा प्रयोग भएको सिलिण्डरको म्याद जो कोही सर्वसाधारणले पनि सहजै हेर्न र पत्ता लगाउन सक्छन्। सिलिण्डरको घाँटीमा भएका ३ वटा लाम्चा डण्डीमध्ये एउटामा भित्रपट्टी सिलिण्डरको म्यादलाई जनाउनेगरी कोड राखिएको हुन्छ। सो कोडकै आधारमा सर्वसाधारणले सिलिण्डरको म्याद पत्ता लगाउन सक्छन्।

यस्ता ग्यासको सुरुमा ए, बी, सी र डी मध्ये एउटा अक्षर लेखिएको हुन्छ। त्यसपछि १६, १७, २०, २२, २५ आदि अंकहरु लेखिएको हुन्छ। यसकै आधारमा सर्वसाधारणले सिलिण्डरको म्याद थाहा पाउन सक्छन्।

ए, बी, सी र डीले अंग्रेजीका क्रमशः ३–३ महिना जनाउँछ। एले जनवरी, फेबरुअरी र मार्च महिना जनाउँछ भने बीले अप्रिल, मे, जुन महिनालाई जनाउँछ। सीले जुलाई, अगष्ट र सेप्टेम्बर तथा डीले अक्टोबर, नोभेम्बर र डिसेम्बर महिनालाई जनाउँछ।

त्यस्तै अंग्रेजी अक्षरपछि लेखिएको अंकले मिति जनाउँछ। जस्तै २० अंक लेखिएको भएमा त्यसको म्याद २०२० सम्म हो भन्ने बुझ्नुपर्दछ। ‘बी २०’ लेखिएको सिलिण्डरको म्याद सन् २०२० को जुन महिनासम्म हो भन्ने बुझ्नुपर्दछ। यस हिसावले मूल्याङ्कन गर्दा अहिले प्रयोगमा आएका सिलिण्डर १६ अंकभन्दा मुनिको हुनु हुँदैन। अहिलेको मितिलाई ए १६ ले जनाउँदछ। तर यो मिति अन्तिम मिति हुने भएकाले बजारमा २६ अंकसम्मका सिलिण्डर पाइन्छ।

एउटा सिलिण्डरको म्याद १० वर्षसम्म हुन्छ। १० वर्षपछि हाइड्रोलिक टेष्ट गर्नुपर्ने र ५ वर्ष म्याद थप्न सकिन्छ। तर ग्यास उद्योगहरुले भने हाइड्रोलिक टेष्टको मापदण्ड अवलम्वन नगरेको समेत पाइने गरेको छ।

हाइड्रोलिक टेष्ट गरेपछि सिलिण्डर नचुहिने पाइयो भने मात्रै त्यो सिलिण्डर पुनः ५ वर्षसम्म प्रयोग गर्न सकिने नत्र कवाडीमा दिनुपर्ने हुन्छ। सिलिण्डरको म्याद सकिएपछि वा बीचमै चुहावट भएमा त्यसलाई मर्मत तथा वल्डिङ गरेर प्रयोग गर्न पाइँदैन।

सिलण्डरको म्याद मात्रै होइन, त्यसको तौल पनि धेरैलाई थाहा नभएको हुन सक्छ। विभिन्न कम्पनीका सिलिण्डरको तौल फरक फरक हुने गरेको छ। फलामको तौल फरक फरक भए पनि त्यसले कुनै प्रभाव भने पार्दैन। केही सिलिण्डरको १४ र केही सिलिण्डरको १५ केजीभन्दा बढी तौल हुने गरेको छ।

यो पनि सिलिण्डरमा स्पष्टसँग जनाइएको हुन्छ। सिलिण्डरको घाँटीमा रहेका तीन डण्डीमध्ये एउटामा वा घाँटीमुनि सुरुमा सिलिण्डरको तौल र त्यसको मुनि ग्यासको तौल १४ दशमलव २ केजी लेखिएको हुन्छ।

सिलिण्डरको फलामको तौल जति भए पनि ग्यासको तौल भने १४ दशमलव २ केजी हुनैपर्छ। लेखिएको फलामको सिलिण्डरको तौल र ग्यासको तौल जोड्दा आउने समग्र तौल जोखेर पनि ग्यासको वास्तविक तौल जो कोहीले पत्ता लगाउन सक्दछन्। ग्याससहितको एउटा सिलिण्डर जोख्दा १४ दशमलव २ केजी र फलामको जम्मा तौल जोड्दा आउने योगफल मिल्नुपर्दछ। अन्यथा ग्यासको तौलमा घटीबढी भएको बुझ्न सकिन्छ।

यसरी भान्सामा प्रयोग हुने सिलिण्डरको म्याद बुझ्न सकेमा यसबाट हुन सक्ने सम्भावित जोखिमबाट बच्नका लागि पनि सावधानी अपनाउन सकिन्छ।

त्यस्तै सिलिण्डरमा फलामको तौल र ग्यासको तौल जोड्दा आउने कुल योगफल पनि सबैले चेक जाँच गर्नु जरुरी छ। यसबाट ग्यासको तौलमा कमी गराएर हुन सक्ने ठगीबाट जोगिन सहयोग पुग्छ नै सम्वन्धित पक्षलाई पनि सही तौल कायम राख्न दवाव पुग्दछ।