तिमी लजाउँदा



गुलाफको फूल राम्रो काँडा भएपनि
मुटु भित्र तिमी बस्यौ टाढा भएपनि ।

अर्को जुनी भेट होला कोसिश गरे पक्कै
पर्खी बस्छु दोबाटोमा आईदेउ बरू झट्टै ।

सोचेको छु राम्रै भाछ पिरतीको माला
दुबै अझै नजिक भए, जीबन राम्रो जाला ।

झुकेको छ मेरो शीर तिम्रो दिलभित्र
लुकी लुकी हेर्ने गर्छु तिम्रो मानचित्र ।

सपनालाई देखेपछि पुरा गर्नुपर्छ
कैले कैलै मिठा मिठा कुरा गर्नुपर्छ ।

भेट भयो चिनाजानी, पिरतीको गाँठो
अझै नजिक भईदेउ तिमी लजाउनुको साटो ।

-बौदीकाली-२ नवलपुर , हाल कुवेत