मुलुकको आन्तरिक सुरक्षा कायम राख्न बाहिनीपतिलाई गृहसचिवको निर्देशन



काठमाडौं । गृहसचिव महेश्वर न्यौपानेले हालै बाहिनीपतिको रुपमा सरुवा भई त्यसतर्फ खटिई जान लागेका  बाहिनीपतिहरुलाई आईतबार सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा निर्देशन दिएका छन् ।

गृहसचिव न्यौपानेले त्यसअवसरमा बाहिनीपतिहरुले कार्यक्षेत्रमा आफु मातहतका सशस्त्र प्रहरी अधिकृत तथा जवानहरुलाई उचित ढंगले परिचालन गरी निर्दिष्ट लक्ष्य प्राप्तीमा पूर्ण व्यावसायिक भई कार्यसम्पादनमा उत्कृष्ट योगदान पु¥याउने विश्वास व्यक्त गरे ।

न्यौपानेले विपद् व्यवस्थापन कार्यमा राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुले पु¥याएको योगदानको मुक्तकण्ठले प्रशंसा गर्दै सशस्त्र प्रहरी बलले कोभिड–१९ महामारी नियन्त्रण तथा व्यवस्थापनमा पु¥याएको योगदान प्रशंसनीय रहेको बताए ।

गृहसचिव न्यौपानेले सशस्त्र प्रहरी बल, नेपालका बाहिनीपतिको रुपमा खटिएकाहरुले आफु मातहतका सशस्त्र प्रहरी कर्मचारीहरुको मनोवल उच्च राख्दै मातहत ईकाइबाट भए गरेका कामकारवाहीको सही रुपमा मूल्यांकन गनुपर्ने चर्चा गर्दै कार्यक्षेत्रमा सकृय भएर आ–आफ्नो मातहतका कार्यालय तथा कर्मचारीहरुको नियमित अनुगमन गरी ईमान्दारितापूर्वक जिम्मेवारी निर्वाहमा खरो उत्रन निर्देशन दिए ।

न्यौपानेले शान्ति सुरक्षा कायम गर्ने कार्यमा आईपर्ने विविध सुरक्षा चुनौतीहरुलाई परास्त गर्दै मुलुकको आन्तरिक सुरक्षा कायम राख्न अन्य निकायहरुसँग समेत आवश्यक समन्वय र सहकार्य गर्दै कार्यसम्पादनमा जुट्न निर्देशन दिनुहुँदै जिम्मेवारीका क्षेत्रहरुमा कमाण्डर तहका सशस्त्र प्रहरी अधिकृतहरु कुशल ढंगले कार्यसम्पादनमा कृयाशिल रहने विश्वास व्यक्त गरे ।

गृहसचिव न्यौपानेले सीमा सुरक्षा, सीमा अपराध नियन्त्रण, राजश्व चुहावट नियन्त्रण, चोरीपैठारी निकासी नियन्त्रणमा संवेदनशिल भएर जिम्मेवारी निर्वाहमा लाग्न कमाण्डर तहका सशस्त्र प्रहरी अधिकृतहरुलाई निर्देशन समेत दिए ।

सोही अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी बल, नेपाल राज्य तथा संगठनले लिएको लक्ष्य प्राप्तीका लागि अहोरात्र कार्यक्षेत्रमा कृयाशिल रहिरहेको चर्चा गर्दै संगठनलाई प्राप्त सीमा सुरक्षा, सीमा अपराध नियन्त्रण, विपद् प्रकोप पीडित नागरिकहरुको उद्धारलगायतका जिम्मेवारीहरुमा परिमाणमुखी कार्यसम्पादनमा सकृयताकासाथ कृयाशिल रहेको बताए ।

खनालले प्राप्त श्रोतसाधनहरुलाई अधिकतम उपयोग गर्दै शान्ति सुरक्षा तथा सुशासन कायम राख्दै अनुशासित र इमान्दारिताकासाथ चेनअफ कमाण्डमा रहेर व्यावसायिक कार्यसम्पादनमा जुट्न बाहिनीपतिहरुलाई निर्देशन दिँदै यदी कोही गैर जिम्मेवारीपूर्ण क्रियाकलापमा संलग्न भएको पाईएमा तत्कालै दण्डित गरिने कुरा समेत उल्लेख गरे ।

कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय नारायणबावु थापा र  रामशरण पौडेल लगायत सशस्त्र प्रहरी बल, नेपालका बरिष्ठ अधिकृतहरुको उपस्थिती रहेको थियो ।