

एनआईसी एशियाका सञ्चालक संघई महासंघको एशोसिएट उपाध्यक्षमा निर्वाचित

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको एशोसिएट उपाध्यक्षमा एनआईसी एशिया बैंकका सञ्चालक निर्वाचित भएका छन् ।
आईतबार बिहान सम्पन्न मतगणनापछि एनआईसीका सञ्चालक एवं प्रतिष्ठित उद्योगी व्यवसायी रामचन्द्र संघई औद्योगिक घरानाहरूको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको एशोसिएटतर्फको उपाध्यक्षमा निर्वाचित भएका हुन् ।
विगत ३० वर्ष देखि विभिन्न उद्योग व्यवसायमा अनवरत रुपमा एक सफल उद्योगी व्यवसायीको रुपमा राष्ट्रको सर्वाङ्गीण आर्थिक तथा सामाजिक विकासमा उल्लेखनीय टेवा पु¥याउदै आएका उनी त्रिवेणी ग्रुपको निर्देशक हुन् ।
उद्योगी व्यवसायीको रुपमा मुलुकको अर्थतन्त्रमा उल्लेख्य योगदान पु¥याए वापत गत वर्ष नेपाल सरकारले वहाँलाई ‘महत्वपूर्ण व्यावसायिक व्यक्ति’ सम्मानबाट विभूषित गरेको थियो ।