योनीभित्र लुकाइएको खैरो हेरोइनसहित युवती पक्राउ



धनगढी । धनगढीमा योनिभित्र लागुऔषध खैरो हेरोइन ल्याइरहेको अवस्थामा प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ।

शुक्रबार त्रिनगर भन्सार नाकाबाट खैरो हेरोइन ल्याइरहेको अवस्थामा विशेष सूचनाका आधार लागुऔषध अनुसन्धान ब्यूरो महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले उनलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका-१ पशुपतिटोल बस्ने २० वर्षीया अनुष्कासिंह ठकुरी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उनले योनिभित्र लुकाएको अवस्थामा एक ग्राम खैरो हेरोइन बरामद गरिएको छ।​

त्रिनगर नाकामा रहेको हेल्थ डेस्ककी महिला स्वास्थ्यकर्मी र प्रहरीले उनको योनिबाट लागुऔषध निकालेका थिए। ठकुरीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

उनले यसअघि पनि गुप्तांगमा लुकाएर लागुऔषध ल्याउने गरेको प्रहरीको भनाइ छ।