आज नेपाल र वेस्ट इन्डिजबीचको चौथो खेल

काठमाडौं – बिहीबार नेपालले वेस्ट इन्डिज ‘ए’ सँग टी-२० सिरिजको चौथो खेल खेल्दैछ।

पाँच खेलको सिरिजका तीन खेल सकिँदा २–१ ले पछाडि परेको नेपालमाथि आजको खेल जित्नैपर्ने दबाब छ।

यो खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो १ बजे सुरु हुनेछ। शनिबार भएको पहिलो खेलमा चार विकेटको शानदार जित निकालेको नेपाल दोस्रो खेलमा आइतबार १० रनले पराजित भएको थियो।

बुधबार भएको तेस्रो खेलमा ७६ रनले पराजित भएको नेपाल टी-२० सिरिजमा २-१ ले पछाडि परेको छ। सिरिजको अन्तिम खेल शनिबार हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *