

वेस्ट इन्डिज ‘ए’ले दियो नेपाललाई विशाल २२८ रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए ले नेपाललाई जितका लागि २२८ रनको लक्ष्य दिएको छ ।
टस जितेर ब्याटिङ गरेको वेस्ट इन्डिज ए ले जोन्सन चाल्र्सको शानदार शतकका मद्दतले २० ओभरमा ३ विकेट गुमाउँदै २२७ रन बनाएपछि नेपालले उक्त लक्ष्य पाएको हो ।
उनले ६१ बलमा ११६ रनको शानदार पारि खेलेका थिए ।
उनले १३ चौका र ७ छक्का प्रहार गरेका थिए ।
त्यस्तै एन्ड्रे प्mलेचरले ३३ बलमा ५३ रन हानेका थिए ।
नेपालका लागि करण केसी र सागर ढकालले १÷१ विकेट लिएका थिए भने ओपनर एलिक अथेन्जा रनआउट भएका थिए ।