मोटरसाइकल दुर्घटनामा परेका प्रहरी जवान हेमराजको मृत्यु



कैलाली । कैलालीमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका प्रहरी जवानको मृत्यु भएको छ।

गत साउन १४ गते पूर्वपश्चिम राजमार्गअन्तर्गत गोदावरी नगरपालिका–३ को चौकीडाँडामा सुपप्र ०१०११ प ७३२० नम्बरको मोटरसाइकललाई सुपप्र ०१ ००२ त ६४१९ नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो।

उक्त ट्याक्टरको ठक्करबाट घर बझाङको तल्कोट अस्थाइ प्रहरी पोष्ट राजपुर डोटीमा कार्यरत प्रहरी जवान हेमराज डाउका गम्भीर घाइते भएका थिए। उनको मायामेट्रो अस्पताल धनगढीमा उपचारका क्रममा सोमवार मृत्यु भएको हो।

अस्थायी प्रहरी पोष्ट राजपुर डोटीमा कार्यरत डाउका ४ दिन भैपरी आउने बिदामा रहेका बेला मोटरसाइकल दुर्घटनामा परेका थिए।