ललिता निवासको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाइयो

काठमाडाैं । ललिता निवास प्रकरणमा गरेको अनुसन्धानको प्रतिवेदन नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंलाई बुझाएको छ।

मंगलबार बिहान सिआइबीको टोलीले प्रतिवेदन बुझाएको सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए।

‘प्रहरीले आफ्नो काम पूरा गरेर दिएको छ। अबको के गर्ने भन्ने कुरा सरकारी वकिल कार्यालयबाट तय हुनेछ’, एसपी अधिकारीले भने।

ललिता निवास प्रकरणको संगठित र कीर्ते मुद्दामा भएको अनुसन्धान प्रतिवेदन सीआइबीले बुझाएको छ।

उक्त अनुसन्धानमा सीआइबीले सक्कल र नक्कल प्रतिवेदन  जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंलाई बुझाइसकेको छ।

अब यसमा मिसिल अध्ययन गर्ने अभियोजनको कार्यबाट काम सुरू हुने सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधीवक्ता गणेशप्रसाद खत्रीले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *