

नेपाल लाइफको कल सेन्टर दशैंमा पनि संचालनमा हुने

काठमाडौं – नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले दशैंको विदाको समयमा पनि यस कम्पनीले जिज्ञासा तथा गुनासो सुनुवाईका निम्ति कल सेन्टर सुविधा सुचारु राख्ने भएको छ । यस इन्स्योरेन्सले आफ्नो कल सेन्टर दशैंको विदाको अवधि (दशैंको टिकाको दिनबाहेक) बिहान १० बजे देखि बेलुका ५ बजे सम्म संचालन गर्नेछ ।
ग्राहकले यस इन्स्योरेन्सको कल सेन्टरमा कल, इमले, ह्वाट्सएप, भाइबरमार्फत् आफ्नो गुनासो वा जिज्ञासा दर्ज गराउन सक्नु हुनेछ । यसबाट ग्राहकहरु लाभन्वित हुने विश्वास इन्स्योरेन्सले लिएको छ ।
देशैभरि फैलिएर रहेका नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका १८९ शाखातथा उपशाखाहरुबाट बीमा सम्बन्धि सम्पूर्ण सेवाहरु सरल, सहज, तवरले प्रदानगर्दै आइरहेको छ ।