नवलपुर कांग्रेसमा लाग्यो चुनाव, १ मा कोइरालाको सम्भावना बलियो हुँदा २ का लागि चौधरी र कार्कीबीच छलफल

क्षेत्र नं. २ प्रदेश प्रत्यक्षमा लामिछाने र चन्द्रबहादुर रानाको बलियो सम्भावना, समानुपातिकमा दुर्गाबहादुर राना र चन्द्रबहादुर दरैको सम्भावना



नवलपुर । आगामी मंसिर ४ मा हुन गइरहेको प्रतिनिधि एवं प्रदेश सभा निर्वाचनका लागि नवलपुर नेपाली कांग्रेसका आकांक्षीहरुले आवेदन दिएका छन् ।

प्रतिनिधिसभामा २ क्षेत्र रहेको नवलपुर क्षेत्र नं. १ मा कांग्रेस नेता शशांक कोइरालाको बलियो सम्भावना रहेकोछ भने क्षेत्र नं. २ मा यसअघिको निर्वाचनमा उम्मेदवारी दिएका विष्णुकुमार कार्की र उद्योगपति एवं कांग्रेस केन्द्रीय सदस्य विनोद चौधरीबीच मुख्य प्रतिस्पर्धा देखिएको छ ।

आकांक्षीहरु धेरै भए पनि अन्तिममा आएर यी तीनमध्ये २ जनाले नै नवलपुर कांग्रेसको प्रतिनिधित्व गर्ने अनुमान गरिएको छ ।

प्रदेश सभाका लागि आकांक्षीहरु धेरै देखिएका छन् । क्षेत्र नं. २ का दुई प्रदेशमा गरी ३६ जनाले आवेदन दिएका छन् ।

निर्वाचन क्षेत्र नं। २ (क) को निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फ काँग्रेसबाट १६ जनाले उम्मेद्वारीका लागि आवेदन दिएको जनाइएको छ । प्रत्यक्ष तर्फ ९ जना र समानुपातिक तर्फ ७ जनाले उम्मेद्वारीका लागि नाम दर्ता गराएका हुन् ।

प्रत्यक्ष तर्फ विष्णु प्रसाद लामिछाने, ओम कुमारी महत्तो, रामचन्द्र भन्डारी, श्रीधर भट्टराई ,रमेश अधिकारी, काशी पाठक, मित्र भट्टराई, देबराज भट्टराई ,अमृत श्रेष्ठले उम्मेद्वारीका लागि आवेदन दिएका छन् ।

त्यस्तै समानुपातिक तर्फ लक्ष्मी मैनाली (महिला कोटा), श्याम श्रेष्ठ, दुर्गा बहादुर राना, कमान सिं सुस्लिङ, गुन्जेश्वोरी महत्तो, कृष्ण प्रसाद काफ्ले, इन्द्र फालले आवेदन दिएका छन् ।

त्यस्तै  नवलपुर २ (ख) मा प्रत्यक्ष तर्फ ९ जना र समानुपातिक तर्फ ११ जनाको उम्मेद्वारी परेको छ ।

प्रत्यक्ष तर्फ काँग्रेसका नेताहरु गणेशमान श्रेष्ठ, उदय राज अर्याल,भरत भुषाल, दोमन बहादुर भण्डारी, चन्द्र बहादुर राना, चेत प्रसाद पौडेल, टेक प्रसाद श्रेष्ठ, डा. ज्ञानेन्द्र पौडेल, राम प्रसाद महतोले उम्मेद्वारीका लागि आवेदन दिएका छन् ।

त्यस्तै समानुपातिक तर्फ समानुपातिक (पुरुष तर्फ) चन्द्र बहादुर दरै, बुद्धि सागर उपाध्याय, जोग बहादुर थारु, जिवलाल पाठक, राजेन्द्र भट्टराइ, समानुपातिक (महिला तर्फ) विमला सापकोटा, पुनम नगरकोटी, लक्ष्मी चौधरी, गौरी वि.क., खुस्बु चौधरी, विमला वि.क.ले आवेदन दर्ता गराएका हुन् ।

आवेदन र आकांक्षी धेरै रहे पनि प्रदेश (क) मा विष्णु लामिछाने र (ख) मा चन्द्रबहादुर रानाको बलियो सम्भावना रहेको छ । त्यस्तै समानुपातिकतर्फ दुर्गाबहादुर राना र चन्द्रबहादुर दरै बलियो उम्मेदवारका रूपमा देखिएका छन् ।