

सेनाले गर्यो चार दिनसम्म सुत्केरी ब्यथा लागेकी लक्ष्मीको उद्धार

सुर्खेत । चार दिन देखि सुत्केरी बेथा लागेर बच्चाको जन्म दिन नसकेकी जाजरकोट नलगाड नगरपालिका –८ की २७ वर्षीया लक्ष्मी ओलीलाइ हवाइ उद्धार गरिएको छ ।
ओलीलाई राष्ट्रपति उद्धार कोषमार्फत नेपाली सेनाको पश्चिम हवाइ बेसबाट गएर हेलिकोप्टरले आज बिहान उद्धार गरी प्रदेश अस्पताल सुर्खेत ल्याएको हो ।
लुपाना घरमा सुत्केरी बेथा लागेर दल्लीस्थित नगर अस्पतालमा ल्याएर चार दिनसम्म उपचार गर्दा पनि सुत्केरी हुन नसकेपछि प्रदेश अस्पतालमा ल्याएर उपचार सुरु गरेकाेको नलगाड नगरपालिकाका नगरप्रमुख डम्वर रावतले जानकारी दिए ।