रोटरीद्वारा अग्नि नियन्त्रणका बेला लगाउने पोशाक हस्तान्तरण



भक्तपुर । रोटरी क्लव अव भक्तपुर र रोटरी क्लव अफ दरबारमार्गले संयुक्त रुपमा बिहीबार जुद्ध बारुणयन्त्र कार्यालय भक्तपुरलाई अग्नि नियन्त्रणका बेला लगाउने अग्निनिरोधक पोशाक हस्तान्तरण गरेका छन् ।

जुद्ध बारुणयन्त्र कार्यालय भक्तपुरमै पुगेर क्लवले कार्यालयका स्टेशन इन्जार्च विजय धौभडेल तथा कर्मचारीलाई ३० जोर पोशाक तथा हेलमेट प्रदान गरेका हुन् ।

रोटरी क्लव अफ दरबारमार्गका अध्यक्ष एकनारायण ढकाल, पूर्व अध्यक्ष नुगल बैद्य तथा रोटरी क्लव अफ भक्तपुरकी अध्यक्ष बिनिता हाडा एबं क्लवका पदाधिकारीहरुको उपस्थितिमा सो सामाग्री हस्तान्तरण गरिएको हो । सामाग्री हस्तान्तरण गर्दै रोटरी क्लव अफ दरबारमार्गका अध्यक्ष एकनारायण ढकालले अग्नि नियन्त्रणका यस्ता सामाग्री क्लवले यसभन्दा अगाडि पनि दर्जनौं स्थानमा प्रदान गरेको बताए । उनले आगलागी जस्तो विपत्तिका बेला खटिने अग्नि नियन्त्रकका लागि यस्ता सामाग्रीले उनीहरुको सुरक्षा गर्ने बताए ।

अग्नि नियन्त्रण जस्तो विपद व्यवास्थापनलाई क्लवले सिग्नेचर प्रोजेक्टका रुपमा अगाडि बढाईरहेको क्लवका पूर्व अध्यक्ष नुगल बैद्यले बताए । आगलागी जस्ता विपत्तिमा अग्निनियन्त्रक पोशाकले अग्निनियन्त्रकलाई प्रदान गरेकोमा जुद्व बारुणयन्त्र कार्यालयका प्रमुख बिजय धौभडेलले रोटरी क्लव अफ दरबारमार्ग र रोटरी क्लव अफ भक्तपुरलाई आभार प्रकट गर्दै पर्याप्त स्रोत र साधनको अभावमा अग्निनियन्त्रणको कार्य परम्परागत रुपमा चलिरहेको बताए ।

अग्निनियन्त्रणलाई चुस्त बनाउन यस्ता सामाग्रीहरुले मद्वत पुर्याउने  प्रमुख धौभडेलको भनाई थियो । कार्यक्रम रोटरी क्लव अफ भक्तपुरकी अध्यक्ष बिनिता हाडाको अध्यक्षतामा सम्पन्न भएको थियो ।