

नेकपा सचिवालय बैठक सकियो, १० दिनपछि पुनः बस्ने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिएको छ ।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालुवाटारमा बुधबार बसेको सचिवालय बैठक १० दिनपछि बस्ने गरि सकिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जनाए ।
बुधबारको बैठकमा भएका छलफलका विषयमा विस्तृत विवरण भने आइसकेको छैन ।
आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेश गरेको राजनीतिक प्रतिवेदनको विषयमा छलफल हुने जनाइएको थियो ।