

नेकपा सचिवालय बैठक सुरू, प्रधानमन्त्री ओलीको पनि उपस्थिति

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बालुवाटारमा शुरु भएको छ ।
सचिवालय बैठकका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निर्धारित समयभन्दा १५ मिनेट अगाडि नै बालुवाटार पुगेका थिए भने अन्य सचिवालय सदस्यहरु तोकिएको समय १ बजे नै पुगेको जनाइएको छ ।
उक्त बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि उपस्थिति भएको जनाइएको छ ।
त्यस्तै अहिले सचिवालय बैठकपछि दुई बजे नै प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । यसअघि १ बजेकै लागि तोकिएको मन्त्रीपरिषद् बैठक १ घन्टा पछाडि सारिएको जनाइएको छ ।
सचिवालय बैठक बस्नुअघि ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न आजै शीतल निवास पुगेका थिए ।