

नेपालमा थप १४४२ संक्रमित, ३५३८ डिस्चार्ज, १२ को मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप १ हजार चार सय ४२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
यससँगै हालसम्म नेपालमा संक्रमितको संख्या २ लाख १२ हजार ९ सय १७ पुगेका छन् । पछिल्लो २४ घन्टामा ६ हजार ७ सय ३१ जनाको पीसीआर परिक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्
यस्तै बितेको २४ घण्टामा ३ हजार ५ सय ३८ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या १ लाख ८२ हजार ७८० पुगेको छ । नेपालमा हालसम्म ८५.८ प्रतिशत संक्रमित कोरोनामुक्त भएका छन् ।
यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या २८ हजार ८ सय ७८ रहेको छ ।
त्यसैगरी पछिल्लो २४ घन्टामा देशभर थप १२ जना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार ५९ पुगेको छ ।