

बस्नेतको कमाण्डमा ११६ सैनिक मिसनका लागि प्रस्थान

काठमाडौं । नेपाली सेनाको ११६ जनाको टोली सोमबार मिनुस्का मिसनका लागि प्रस्थान गरेको छ ।
कालीजंग गण (शान्ति सेना) एलआईबी पहिलो डफ्फाको एड्भान्स टिम र सैनिक प्रहरी युनिट (शान्ति सेना) सातौं डफ्फालाई बदली गर्न सैनिक प्रहरी युनिट (शान्ति सेना) आठौं डफ्फा त्यसतर्फ प्रस्थान गरेको हो । मिसनमा ११६ जनाको टोली रहेको छ ।
टोलीको नेतृत्व प्रमुख सेनानी विजय बस्नेतले गरेका छन् । संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ विगतदेखि नै नेपाली सेना विभिन्न मिसनहरूमा सहभागी भई द्वन्द्वग्रस्त मुलुकहरूमा शान्ति स्थापना कार्यमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ ।