करदातालाई करको थप भार पर्ने छैनः प्रवक्ता तिवारी



कास्की – गण्डकी प्रदेशको अर्थमन्त्रालयले केही सञ्चारमाध्यमहरुमा प्रकाशित घरजग्गा रजिष्ट्रेशनलगायतका सेवा शुल्क बारे प्रकाशित समाचारमा आप्mनो ध्यानाकर्षण भएको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता बसन्तराज तिवारीले एक विज्ञप्ति जारी गर्दै तिवारीले हालसम्म करको दर र दायरामा कुनै परिवर्तन नगरिएको जनाउँदै करका दरलाई समयसापेक्ष बनाउनका लागि केही शीर्षकमा सामान्य समायोजना गरिएकोले करको थप भार नपर्ने समेत जनाए ।

विज्ञप्तिमा आर्थिक ऐन २०७९ मा उल्लेख भएका घर जग्गा रजिष्ट्रेशन लगायतका सेवाशल्कमा प्रकाशित समाचारप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।

तिवारीले आर्थिक ऐन २०७९ तर्जुमा क्रममा अन्तरसरकारी वित्त व्यवस्थापन ऐन २०७४ बमोजिम प्रदेशमा ४० प्रतिशत र स्थानीय तहमा ६० प्रतिशत हिस्सा बाँडफाँट हुने घरजग्गा रजिष्ट्रेशन शुल्कको दर र दायरा निर्धारणको लागि कानुन बमोजिम निजी क्षेत्र समेतको प्रतिनिधित्व हुने गरी गठित प्रदेश स्तरीय राजस्व परामर्श समितिको सिफारिस समेतका आधारमा प्देश स रकारले करका दर र दायरा निर्धारण गरेको बताए ।

जारी विज्ञप्तिमा गण्डकी प्रदेशमा आयात प्रतिस्थापनका लागि कृषि उत्पादन तथा उत्पादकत्व बढाउने गरी कृषिजन्य उद्योगलाई रजिष्ट्रेशन शुल्कमा छुट दिइएको पनि बताए ।

No description available.