

बुढीगंगा मेयर उपमेयरमा एमाले उम्मेदवारको अग्रता

बाजुरा । वैशाख ३० गते स्थगित भएपछि बिहीबार सम्पन्न बाजुराको बुढीगंगा नगरपालिका स्थानीय तह निर्वाचनपछि गरिएको मतगणनामा मेयर र उपमेयर दुवैमा एमालेले अग्रता लिएको छ ।
पछिल्लो मतपरिणाम अनुसार मेयरमा एमालेका रामबहादुर बानियाँले १३२५ र नेपाली कांग्रेसका रंगबहादुर खातीले ८८६ मत पाएका छन् ।
उपमेयरमा एमालेकी मायाकुमारी खड्काले १२९० मत पाएकी छन् भने कांग्रेसकी रीता शाही (शाह) ले ९१९ मत छ ।
हालसम्म वडानम्बर १, १० र २ को २३४० मत गणना भएको छ । मत गणना सकिएका २ वडामा एमाले विजयी भएको छ भन् वडानम्बर २ मा पनि एमालेले अग्रता लिएको छ ।
बुढीगंगा नगरपालिकामा बिहीबार मतदान भएको थिथयो । गत वैशाख ३० गते भएको निर्वाचन विवादित भएपछि निर्वाचन आयोगले बिहीबार पुनः मतदान गराएको हो ।
पुनः मतदानमा ६६.८३ प्रतिशत मत खसेको जिल्ला निर्वाचन अधिकारी नवराज अवस्थीले जानकारी दिए ।