

सनराइज बैंकको बाग्लुङ र बाँकेमा थप दुई नयाँ शाखा

काठमाडौं । सनराइज बैंकले बाग्लुङ र बाँकेमा आफ्नो नयाँ शाखा सेवा विस्तार गरी सञ्चालन गरेको छ ।
ग्राहकहरुलाई सेवा र सुविधा उपलब्ध गराउने अभिप्रायले देशका विभिन्न भागमा शाखा विस्तार गर्ने क्रममा गण्डकी प्रदेशको बाग्लुङ नगरपालिका–२ मा १३९औं नयाँ शाखा र बनकटुवा, बैजनाथ गाउँपालिका–७, बाँकेमा ५२ औं शाखारहित बैंकिङ सेवा विहीबारदेखि सञ्चालन गरेको हो ।
बाँकेको शाखारहित बैंकिङ सेवाको उद्घाटन कार्यक्रममा प्रमुख अतिथिमा कार्यकारी वडा अध्यक्ष गोपाल थारुको उपस्थिति रहेको बैंकले जनाएको छ । बैंकका अनुसार शाखारहित बैंकिङ सेवा प्रतिनिधि नरेन्द्र कुमार चौधरीलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरी सञ्चालन गरेको होे । उक्त सेवाबाट ग्राहकवर्गले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने बैंकले जनाएको छ ।
नयाँ शाखा र शाखारहित बैंकिङ सेवाको सञ्चालनसँगै बैंकको १३९ वटा शाखा, ५२ वटा शाखारहित बैंकिङ सेवा, ११ वटा एक्सटेन्सन काउण्टर र १६१ वटा ए.टि.एम मार्फत आफ्ना ७ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेका बैंकले दाबी गरेको छ । साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा नेपालका अन्य स्थानहरुमा पनि थप शाखा, शाखारहित बैंकिङ, एक्सटेन्सन काउण्टर र ए.टि.एमहरु सञ्चालन गर्ने योजना रहेको जनाएको छ ।