सूर्या लाइफ र ज्योति लाइफको मर्जर सम्झौता, शेयर कारोबार रोक्का
काठमाडौं । नेप्सेले सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर कारोबार रोक्का गरेको छ।
दुई इन्स्योरेन्स बिच मर्जर सम्झौता सम्बन्धी समझदारी पत्रमा असार १२ गते साँझ ५ः०० बजे हस्ताक्षर भएपछि सोमबारबाट दुवै कम्पनीको कारोबार रोकिएको छ। दुवै कम्पनीले धितोपत्र कारोबार रोक्का गर्न नेप्सेमा निवेदन दिए पश्चात कारोबार रोक्का गरिएको हो।