तामाङ भाषाको चलचित्र काख्रेको ट्रेलर सार्वजनिक

काठमाडौं – तामाङ भाषाको चलचित्र काख्रेको ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी ‘काख्रे’को ट्रिजर सार्वजनिक गरिएको हो । चलचित्र आगामी असार १८ गते शनिबार दिउँसो १ः०० बजे राष्ट्रिय नाचघर जमलमा विशेष प्रदर्शन गरिने जानकारी समेत गरिएको छ ।

ल्हाप्साङकर्पो म्युजिक सेन्टरको ब्यानरमा निर्माण गरिएको उक्त चलचित्रलाई रोशन फ्युवा तामाङले निर्देशन, कथाकार तथा नायक ऋतुराज पाख्रिनको कथा रहेको छ । उक्त चलचित्रको निर्माता प्रबल थिङ रहेको छ भने सह निर्माता शेखर थापा, शंकर पुढाशैनी र सरिता तामाङ रहेका छन ।

चलचित्रमा ऋतुराज पाख्रिन, सुनिता लुङ्बा, कुईसाङ रुम्बा, प्रबल थिङ, सिंग बहादुर तामाङ,सपना वाईबा, प्रभा घिसिङ, किरण गोर्खे, रेशम श्याउली, किरण साजन, लोप्साङ लामा, राम गोले, गेल्डेन तामाङ, रोशन तामाङ, माया स्याङबो लगायत कलाकारहरुको अभिनय रहेको छ ।

यसैगरी, चलचित्रमा विशाल काल्तान र रिन्जिन लामाको संगीत रहेको छ । प्रकाश तामाङले छायांकन गरेको उक्त चलचित्रमा द्वन्द राजु किरातको रहेको छ भने शृंगार अस्मिताको रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *