

पेट्रोलियम पदार्थको मूल्य बढेसँगै फेरि बढ्यो सवारीसाधनको भाडा (सूचीसहित)

काठमाडौं । पेट्रोलियम पदार्थको भाडावृद्धि भएसँगै नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय यातायात व्यवस्था विभागले भाडा समायोजन गरेको छ । यातायात व्यवसायीहरूसँग सरकारले गरेको सम्झौताअनुसार नै भाडा समायोजन भएको हो ।
सार्वजनिक यातायातको भाडा समायोजन गर्दा मानिएको इन्धनको बजार मूल्य ५ प्रतिशत वा सो भन्दा बढीले वृद्धि भएमा वा घटेमा अन्तर प्रदेश सार्वजनिक यातायातका यात्रुवाहक तथा मालबाहक सवारीको भाडादर इन्धनको मूल्यको आधारमा स्वचालित रुपमा समायोजन गरेको यातायात व्यवस्था विभागले जनाएको हो ।
सरकारले हालै १६ प्रतिशत भन्दा बढी हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । विभागका अनुसार पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीसाधनमा ९.९४ प्रतिशत, यात्रुवाहक सवारीसाधनमा ५.३० प्रतिशत, तराइको बाटोमा सञ्चालन हुने मालबाहक सवारीसाधनमा ७.७ प्रतिशत भाडावृद्धि भएको हो ।
मूल्यसूचीः