

फेरि बढ्यो पेट्रोलियमको मूल्य, पेट्रोल ८ ले बढ्दा डिजेलमा १२ रूपैयाँ बढ्यो

काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलको मूल्य बढाएको छ। निगमले पेट्रोलको मूल्य प्रतिलिटर रु ८ ले मूल्यवृद्धि गरेको हो।
निगम सञ्चालक समितिको बिहीबार बसेको बैठकले आजै मध्यरातदेखि लागू हुनेगरी मूल्यवृद्धि गरेको सहप्रवक्ता पुष्कर कार्कीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । मूल्यवृद्धिसँगै पेट्रोलको भाउ १७८ प्रतिलिटर पुगेको छ ।
यसअघि निगमले १० रुपैयाँ मूल्य घटाएको भएपनि फेरि अन्तरराष्ट्रिय बजारमा मूल्य बढेको कारण देखाउँदै मूल्य बढाएको हो। निगमले डिजेल र मट्टितेलको भाउ पनि प्रतिलिटर १२ रुपैयाँ बढाएको छ। यससँगै डिजेल र मट्टितेलको भाउ प्रतिलिटर १६५ रुपैयाँ पुगेको छ।