महानगर र आन्दोलनरत स्थानीयबीच मध्यरातमा सहमति, आजैदेखि फोहोर उठ्ने (सहमतिपत्रसहित)



काठमाडाैं ।  काठमाडौं महानगर र सिसडोल–बञ्चरे डाँडाबिच काठमाडौंको फोहोर उठाउने सहमति भएको छ। सहमति अनुसार शुक्रबारदेखि नै उपत्यकाको फोहोर विसर्जनको अवरोध हटाइने भएको छ।

राति १ बजे सकिएको बैठकमा आन्दोलनरत स्थानीयदेखि वडा अध्यक्षहरूको उपस्थिति थियो। यो समूहले केही दिनअघि भएको सम्झौता मानिरहेको थिएन।

दुई पक्षबिच फोहोर ढुवानी रातिको समयमा गर्ने, रातिको लागि आवश्यक पूर्वाधार बत्ती तथा बाटोको निर्माण तीन महिनाभित्र गर्ने, सिसडोल र बञ्चरे डाँडामा फोहोरको दुर्गन्ध नआउने गरी काठमाडौं महानगरपालिकाले एक महिनाभित्र व्यवस्थापन गर्ने, सहरी विकास मन्त्रालयमा भएको प्रतिबद्धताको कार्यान्वयन गर्न पहल गर्ने लगायत १९ बुँदे सहमति भएको छ।