सिकाईका लागि समावेशी पद्दती अबलम्बन गर्न माग

काठमाडौं । अपांगता भएका बालबालिकाहरुको शिक्षामा पहुँच स्थापित गर्न अपांगता अधिकार र विकासका लागि क्रियाशिल नेपालले संचालन गरेको कोभिडको प्रभावबाट शिक्षामा परेको प्रभावसम्बन्धि क्रियात्मक अनुसन्धान प्रतिवेदन र प्राप्त सुझाव शिक्षामन्त्री देवेन्द्र पौडेललाई हस्तान्तरण गरिएको छ ।

राष्ट्रिय अपांग महासंघ नेपालले बिहीबार शिक्षा मन्त्रालयमा आयोजना गरेको एक साक्षात्कार कार्यक्रममा महासंघका पूर्व अध्यक्ष पोखरेलले अपांगता क्षेत्रको लामो प्रयासपछि प्राप्त गरिएको समावेशी शिक्षा नीति २०७३ अत्यन्त अग्रगामी भएको बताए ।

यसले अपांगता भएका व्यक्तिहरुको अधिकार सम्बन्धि संयुक्त राष्ट्रसंघीय महासन्धि सिआरपिडिको धारा २४ मा उल्लेखित समावेशी शिक्षाको भावनालाई सम्बोधन गरेको पोखरेलको भनाई छ ।

अन्तर्राष्ट्रिय शैक्षिक मञ्चहरुमा सरकारको प्रतिवद्वता प्रतिकूल हुनेगरि २०७६ सालमा अपाङगता भएका बालबालिकाका लागि विशेष शिक्षा समेत अबलम्बन गर्ने गरि राष्ट्रिय शिक्षा नीति अवलम्बन गरियो ।

२०७३ सालको समावेशी शिक्षा नीतिलाई प्रतिस्थापन गर्नाले नेपालमा अपाङगता भएका बालबालिकाहरुको शैक्षिक कार्यक्रमहरु फेरि पश्चगामी हुने जोखिम रहेको डा पोखरेलले बताए ।

यसलाई तत्काल सुधार गर्न र अपांगता भएका बालबालिकाहरुको शिक्षामा कोभिड १९ ले पारेको प्रभावलाई न्यूनिकरण गर्दै मूलधारको शैक्षिक प्रणालीमा समावेश गर्न डा पोखरेलले सझाव समेत दिए ।

व्यक्तिगत सिकाई आवश्यक्ता पहिचान गरि सिकाईका लागि समावेशी ढाँचा अनुरुप अपाङगता भएका बालबालिकहरुलाई शिक्षा दिनुपर्नेमा पोखरेलले जोड दिए ।

नेपालले बहुराष्ट्रिय साझेदारी विकास गरि समावेशी शिक्षा प्रवद्वन गर्नुपर्ने माग उपर शिक्षा मन्त्री देवेन्द्र पौडेलले यो महत्वपूर्ण बिषय भएकाले मन्त्रालयमा छलफल गरि सरोकारवालाहरु समेतको अभिभत लिएर अपांगता भएका बालबालिकाको शिक्षा प्रर्वद्वनको ठोस योजना निर्माण गर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *