पूर्वप्रधानमन्त्री माधव नेपालविरुद्ध भ्रष्टचार मुद्दा दायर, सांसद पद निलम्बन



काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले विशेष अदालतमा नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको जानकारी दिएका छन्  ।

‘भ्रष्टाचार मुद्दाको फाइल विशेष अदालतमा पुगेको छ’, उनले सञ्चारकर्मीसँग भने । उनका अनुसार केहीबेरमा औपचारिक विज्ञप्ति जारी गरिनेछ ।

यससँगै उनको प्रतिनिधि सभा सांसद पद निलम्बन हुनेछ । भ्रष्टाचारको मुद्दा परेपछि कुनै पनि सांसदको पद निलम्बन हुने प्रावधान रहेको छ ।