

डिजेल पेट्रोलमा एकैपटक बढ्यो १० रुपैयाँ

काठमाडौं । सरकारले डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाएको छ।
अन्तर्राष्ट्रिय बजारमा प्रशोधित तेलको मूल्य निरन्तर बढ्दै गएको भन्दै नेपाल आयल निगमले एकैपटक पेट्रोल र डिजेलको मूल्य १०–१० रुपैयाँ बढाएको हो । नयाँ मूल्य आज मध्यरातदेखि लागू हुनेछ ।
निगमका अनुसार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेल समेतको साविकको खुद्रा विक्री मूल्यमा प्रतिलिटर समान १० रुपैयाँ वृद्धि गरी गरिएको हो ।
यससँगै काठमाडौं उपत्यकामा पेट्रोल, डिजेल र मट्टितेलको नयाँ खुद्रा विक्री मूल्य क्रमशः १७०, १५३ र १५३ रुपैयाँ कायम गरिएको छ । एलपी ग्यास तथा हवाई इन्धनको विक्री मूल्य भने हाललाई यथावत नै राखिएको छ ।