

यो बैनीको फेस त नाइस छ तर थुतुनो भएनः स्थापित

काठमाडौं । नेकपा एमालेको तर्फबाट काठमाडौं महानगरपालिकामा मेयरको उमेदवारी दिएका केशव स्थापित एक सार्वजनिक कार्यक्रममा उग्ररुपमा प्रस्तुत भएका छन् ।
धुम्बाराहीस्थित नेशनल कलेजले बिहीबार आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा स्थापितलाई यौन दुर्व्यवहार सम्बन्धी प्रश्न सोधिएपछि सार्वजनिक रुपमै जंगिएका हुन् ।
उनीमाथि यौन दुर्व्यवहारको विषयमा प्रश्न सोधेपछि जंगिएका थिए । ‘यो बैनीको फेस त नाइस छ तर थुतुनो भएन,’ स्थापितले भनेका छन् ।
अहिले स्थापितको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।