

नवलपुरका आठै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

नवलपुर – वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनको लागी नवलपुरका आठवटै स्थानिय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ ।
जिल्ला निर्वाचन कार्यालय नवलपुरका प्रमुख लालप्रसाद भुसालका अनुसार जिल्लाका आठवटै स्थानिय तहमा बिहिबार निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको हो ।
कावासोती नगरपालिकामा मुख्यनिर्वाचन अधिकृत तथा कावासेतीको निर्वाचन अधिकृतको कार्यालय रहने छ भने बाकी सात वटा स्थानिय तहमा पलिका स्तरिय तहमा निर्वाचन अधिकृतको कार्यालय रहने भुसालले बताए ।
यस अघि नै निर्वाचन आयोगले नवलपुरको मुख्यनिर्वाचन अधिकृतमा अर्जुन अधिकारी , गैडाकोटमा दिपशिखा मुनाकमी, देवचुलीमा कमलराव पन्थी, बौदीकालीमा प्रेमराज दौत्याल, मध्यविन्दुमा महेन्द्रप्रसाद पौडेल, बुलिङटारमा देविप्रसाद आचार्य, विनयी त्रिवेणीमा लोकहरी कंडेल, हुप्सेकोटमा यज्ञमुर्ति ज्ञवालीलाई अधिकृतको रुपमा जिम्मेवारी तोकि सकेको छ भने कावासोती नगरपालिकको हकमा मुख्यनिर्वाचन अधिकृतमा अर्जुन अधिकारीको जिम्मेवारी रहने गरि कार्यालय स्थापना गरिएको हो ।
आयोगले उम्मेदवारको मनोनयनको लागि यही वैशाख ११ र १२ गतेको समय तोकेको छ । १३ गते बिहान १० बजेदेखि ५ बजेसम्म उम्मेदवारमाथि उजुरी दर्ता गर्ने दिन तोकिएको छ भने १४ र १५ गते निर्वाचन अधिकृतले त्यसबारेमा निर्णय दिने कार्यक्रम छ । १६ गते उम्मेदवारले नाम फिर्ता लिने र बेलुका ५ देखि ६ बजे सम्ममा अन्तिम उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ। साथै १७ गते उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरिने निर्वाचन कार्यक्रम रहेको छ ।