

बौंदीकालीको डेढगाउँमा एक वृद्धको शव भेटियो

बौंदीकाली – नवलपुरको बौदिकाली गाउँपालिकामा एक पुरुषको शव फेला परेको छ ।
बौंदीकाली गाउँपालिका वडा नं. २ को डेढगाउँको केरमटारमा एक वृद्ध पुरुषको शव फेला परेको स्थानीय उज्जवल ओझाले बताए । स्थानीयले केरमटारस्थित एक बाँसको झ्याङमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
शुक्रबार बिहान शव देखिएको खबरपछि पुगेको प्रहरीले अनुसन्धान सुरु गरेको छ । मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।