

नेपाल लाइफका अध्यक्ष संघाईले लिए सपथ

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लि.का नवनिर्वाचित अध्यक्ष गोविन्द लाल संघईले कम्पनीको संचालन समितिको अध्यक्षको रूपमा सपथ ग्रहण गरेका छन् ।
संघाईलाई बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७५ दफा ३ को उपदफा ४ बमोजिम सपथ दिलाएका थिए ।
संघाईलाई हालै वीरगञ्जमा सम्पन्न २१ औं वार्षिक साधारणसभाबाट सञ्चालक अध्यक्षका लागि सर्वसम्मत पारित गरिएको थियो ।