

लगातार उचाइ छुँदै पेट्रोलियम पदार्थ, पेट्रोल प्रतिलिटर १६०, ग्याँस प्रतिसिलिन्डर १६००

काठमाडौं । नेपाल आयल निगमले मंगलबार राति पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।
मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजल र मट्टितेलको मूल्यमा प्रति लिटर ५ रुपैयाँ बढेको हो ।
नयाँ मूल्य अनुसार अब पेट्रोलको भाउ प्रति लिटर १६० रुपैयाँ पुगेको छ भने डिजल र मट्टितेलको मूल्य प्रति लिटर १४३ रुपैयाँ पुगेको छ ।
निगमले खाना पकाउने ग्यासको मूल्य समेत बढाएको छ । यस अघि १५ सय ७५ रुपैयाँ रहेको खाना पकाउने ग्यास अब प्रति सिलिण्डर १६ सय रुपैयाँ पुगेको छ ।