हिन्दूराष्ट्र बनाउने अभियानसहित स्वामी निश्चलानन्दसँग एकीकृत शक्ति नेपालको भेट

काठमाडौं । नेपाललाई हिन्दूराष्ट्र बनाउने उद्देश्यले एकीकृत शक्ति नेपालको एउटा ठूलो टोली भारत भ्रमणमा रहेको छ । वरिष्ठ पत्रकार देव प्रकाश त्रिपाठीको नेतृत्वमा स्थापित एकीकृत शक्ति नेपालका ५८ जनाको टोली गत शुक्रबार जनकपुर हुँदै रेल मार्गबाट शङ्कराचार्य स्वामी निश्चलानन्द सरस्वतीसँग वार्ता तथा भेटघाटका लागि भारतको  पुरी, उडिसा पुगेका छन् ।

एकीकृत शक्ति नेपालका अध्यक्ष देव प्रकाश त्रिपाठीको नेतृत्वमा पदाधिकारीहरूसहित ५८ जनाको टोलीले मज्जगदगुरु शङ्कराचार्य स्वामी निश्चलानन्द सरस्वतीसँग उडिसाको जगन्नाथपुरीस्थित जगन्नाथ मठमा  भेटघाटका साथै नेपाललाई हिन्दूराष्ट्र बनाउने विषयमा गंभीर छलफल भएको जानकारी हुन आएको छ ।

श्री मज्जगदगुरु शङ्कराचार्य स्वामी निश्चलानन्द सरस्वतीसङ्गको छलफल तथा भेटघाटमा  एकीकृत शक्ति नेपालका वरिष्ठ उपाध्यक्ष प्रा।डा। रामप्रसाद उप्रेती, उपाध्यक्ष शम्भुमान सिंह , इन्द्र तामाङ, सचिबहरू पदम पाण्डे, दुर्गाविक्रम थापा र सुभाश प्रसाद पाण्डे, कोषाध्यक्ष श्याम पाण्डे, उपत्यका संयोजक जुलुम रत्न डङ्गोल, प्रचार विभाग प्रमुख दीपक सिंह महर्जन, महिला विभाग प्रमुख अक्षता प्रधान, नेतृहरू अन्जु सुवेदी, आरती राना मगर, नेताहरू टुङ्गराज पाठक, श्रीराम श्रेष्ठ, नवीन रिसाल, भरत कोइराला, एलबी मोक्तान, भिक्षु आनन्द लगायतको सहभागिता रहेको जानकारी हुन आएको छ ।

भ्रमणको उद्देश्यका बारेमा पार्टी अध्यक्ष त्रिपाठीले भने, ‘श्री मज्जगदगुरु शङ्कराचार्य स्वामी निश्चलानन्द सरस्वतीज्यूसङ्ग नेपाललाई हिन्दूराष्ट्र बनाउने सम्बन्धमा एकीकृत शक्ति नेपालका नेताहरूको छलफल हुँदा गुरुज्यूबाट अत्यन्त उपयोगी मार्गदर्शन प्राप्त भयो, त्यस निम्ति गुरुज्यूप्रति हार्दिक आभार अर्पण गर्दै मार्गदर्शन पालना हुने प्रण गर्दछौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *