बागमती कांग्रेस डरायो, बानियाँ र थापा गठबन्धनको पक्षमा !



काठमाडौं । आसन्न स्थानीय निर्वाचनलाई लिएर नेपाली कांग्रेस बागमती प्रदेश गठबन्धनको पक्षमा उभिएको छ । शुक्रबार सुरु सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा बागमती प्रदेश सभापति इन्द्र बानियाँले गठबन्धनको पक्षमा रहेको बताएका हुन् ।

कांग्रेसका सातमध्ये पाँच प्रदेशका सभापतिहरुले चुनावी गठबन्धनको विपक्षमा धारणा राखेका थिए भने बागमती प्रदेशका सभापति इन्द्र बानियाँ र प्रदेश नं. १ का सभापति उद्धव थापा गठबन्धनको पक्षमा उभिएका हुन् भने अन्य पाँच प्रदेशका प्रदेशसभापति एकल रुपमै निर्वाचनमा जाने पक्षमा देखिएका थिए ।

पार्टी कार्यालय सानेपामा शुक्रबार अपराह्न सुरु बैठकमा धारणा राख्दै कांग्रेसका पाँच प्रदेश सभापति गठबन्धनको विपक्षमा देखिएका हुन् ।

बैठकमा धारणा राख्नेक्रममा मधेस प्रदेशका सभापति कृष्ण यादव, गण्डकीका शुक्रराज शर्मा, लुम्बिनीका अमरसिंह पुन, कर्णालीका ललितजंग शाही गठबन्धनको विपक्षमा देखिएका हुन् । सुदूरपश्चिमका वीरबहादुर बलायर बैठकमा उपस्तिथि छैनन् । तर, उनी गठबन्धनका पक्षमा छैनन् । लुम्बिनी र गण्डकीका प्रदेश सभापतिले गठबन्धन गर्न नहुने धारणा राखेका थिए ।

समग्रमा नेकपा एमालेको बलियो प्रदेश मानिएका यी दुई प्रवेशमा उत्कृष्ट नतिजा ल्याउनका लागि कांग्रेसले गठबन्धनको पक्षमा रहेको देखिएको हो ।