

रुसी हमलामा ८५ युक्रेनी बालबालिकाको मृत्यु, सयाैं घाइते

किभ । युक्रेनमाथिको रुसी हमलामा अहिलेसम्म ८५ बलाबालिको मृत्यु भएको छ । युद्धका कारण दर्जनौँ बालबालिका घाइते भएका छन् ।
‘रुसी संघको आक्रमक सैन्य हमलामा १३ मार्चसम्म ८५ बालबालिका मारिएका छन् भने १०० जना घाइते भएका छन्’ युक्रेनको महान्यायधिवक्ताको कार्यलयले भनेको छ । मारिने र घाइते हुनेमध्ये अधिकांश किभ, खार्किभ, दोनेत्सक, सुमी, खेर्सन, माइकोलिभ र जाइटोमाइर क्षेत्रका छन् ।
पछिल्लो घटनामा युद्धग्रस्त क्षेत्रबाट सुरक्षित क्षेत्रतर्फ जाने क्रममा सर्वसाधारण सवार एउटा कारमा ११ मार्चमा रुसी सेनाले गरेको गोलाबारीमा एक बालक मारिएका थिए ।
रुसी हमलामा अहिलेसम्म ३६९ ओटा शैक्षिक संस्थामा क्षति पुगेको ५७ ओटा पूर्णरुपमा ध्वस्त भएको प्राप्त विवरणहरुमा जनाइएको छ ।
यसैबीच सोमबार रुसी सेनाले पोल्यान्डसँगको सीमामा रहेको एउटा युक्रेनी आधारमा हमला गर्दा ३५ जनाको मृत्यु र १३० जना घाइते भएका थिए ।