

नेपाली सेनाको उत्कृष्ट मानवीय सेवा, सेनाको हेलिकाेप्टरमै आमा बनिन् धनलक्ष्मी

जुम्ला – नेपाली सेनाको हेलिकाेप्टरमा मुगुकी एक महिलाले शिशुलाई जन्म दिएकी छिन । खत्याड गाउँपालिका-४ की २० बर्षीया धनलक्ष्मी रावलले उद्धार गर्न पुगेकाे हेलिकाेप्टरभित्रै शिशुलाई जन्म दिएकी हुन्।
कर्णालीलगायत दुर्गम क्षेत्रका धेरै गर्भवति महिलाको सुत्केरी हुने क्रममा अकालमै मृत्यु हुने गरेको थियो । यही कारण सरकारले राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत दुर्गमका सुत्केरीलाई उद्धार गर्ने कार्यविधि बनेको छ ।
जसमार्फत मंगलबार मुगुबाट सुर्खेत लैजादै गरेकी महिलाले हेलिकाेप्टरभित्रै शिशुको जन्म दिएको नेपाली सेनाका मेजर बिलिना मल्लले बताइन ।
आमा र शिशुलाई प्रदेश अस्पताल लगिएकाे छ । सेना दिवसको अवसरमा त्यो मानवीय उद्धार नमूना सेवा भएको नेपाली सेनाले जनाएको छ ।