

बेलातयी महारानी एलिजावेथलाई कोभिड संक्रमण

लन्डन । बेलायतकी महारानी एलिजाबेथ द्दितीयतलाई कोभड पोजेटिभ भएको छ । महारानीलाई कोभिड भएको बकिङघाम दरबारले जनाएको छ ।
९५ वर्षीया महारानीले मन्द चिसो जस्तो लक्षण अनुभव गरिरहेको, तर आगामी साता विन्डसोरमा आफ्ना ‘हल्का कर्तव्यहरु’ लाई निरन्तरता दिने अपेक्षा गरेको दरबारले जनाएको छ ।
उनले निरन्तर चिकित्सकीय सहयोग लिनेछिन् र उचित निर्देशिका पालना गर्नेछिन्,’ दरबारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यसअघि राजकुमार वेल्सलाई १० फेब्रुवरीमा कोभिड भएको थियो । उनले दुई दिनअघि महारानी तथा आमालाई भेट गरेका थिए ।