सन्दीपको कप्तानीमा ओमानसँग खेल्दै नेपाल

काठमाडाैं । नेपालले आज (शुक्रबार) बाट चारदेशीय टि २० क्रिकेट श्रृंखलाको शुरुवात गर्दैछ ।

ओमानको अल अमिरात क्रिकेट स्टेडियममा आजबाट शुरु हुने चारदेशीय क्रिकेट श्रृंखला अन्तर्गतको पहिलो खेलमा नेपालले आयोजक ओमानसँग खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ । नेपाली समयानुसार दिउँसो पौने ४ बजेबाट खेलमा पहिलोपटक सन्दीप लामिछानेले नेपालको कप्तानी गर्नेछन् ।

यसअघि नेपाल र ओमानले टि २० फर्म्याटमा सन् २०१९ मा खेलेको थियो जसमा ओमान ६ विकेटले विजयी भएको थियो । दुबै राष्ट्र आजको खेलमा जित निकाल्दै श्रृंखलाको सुखद शुरुवात गर्ने पक्षमा रहनेछ ।

नेपालले श्रृंखला अन्तर्गत दोश्रो खेलमा भोलि (शनिबार) युएईको सामना गर्नेछ भने सोमबार बलियो आयरल्याण्डसँग खेल्नेछ । यतिबेला ८ वटा राष्ट्रहरु आइसीसी पुरुष टि २० विश्वकप क्रिकेटको ग्लोबल छनोट प्रतियोगिता खेल्न ओमानमा रहेको छ ।

ग्लोबल छनोट अघि यी चार राष्ट्रहरुले वार्म अप स्वरुप एक अर्कासँग तयारी खेल खेल्न लागेका हुन् ।

सन्दीप लामीछानेको कप्तानीमा नेपालले ८ वर्षपछि विश्वकपमा फर्किने लक्ष्य लिएर ओमान पुगेको हो । यसअघि नेपालले पूर्व कप्तान पारस खड्काको कप्तानीमा पहिलो पटक सन् २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वकप खेलेको थियो ।

नेपाली टोलीः

सन्दीप लामिछाने (कप्तान), कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिंह ऐरी, शरद भेषवाकर, करण केसी, आरिफ शेख, कुशल मल्ल, आसिफ शेख, कमल सिंह ऐरी, शाहब आलम, अविनाश बोहरा, प्रदिप ऐरी, जितेन्द्र कुमार मुखिया, विवेक यादव, लोकेश बम, सागर ढकाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *