

माओवादी केन्द्र निर्वाचनः यस्तो छ आजको कार्यतालिका

काठमाडाैँ । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको निर्वाचन प्रक्रिया अघि बढेको छ ।
शनिबार निर्वाचन कार्यतालिका सार्वजनिक भएसंगै नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु भएको हो । जसअनुसार आज बिहान ८ देखि ८ः३० बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने समय तोकिएकाो छ । उम्मेदवारको बिरोधमा परेको उजुरीको सुचना ८ः३५ मा निर्वाचन समितिले प्रकाशित गर्ने छ ।
उक्त उजुरी उपर निर्वाचन समितिले आज बिहान ८ः४० देखी ९ः०० बजेसम्म छानबिन गर्नेछ । ९ः१० बजे उम्मेदवारको नामावली सार्वजनिक गर्नेछ । जसअनुसार ९ः३० देखी ११ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय निर्वाचन समितिले तोकेको छ ।
त्यसैगरी आज बिहान ११ः४५ मा उम्मेदवारको अन्तिम नामावली सार्वजनिक भएलगत्तै ११ः३० वाट मतदान प्रक्रिया सुरु भई ४ बजेसम्ममा सम्पन्न गर्ने निर्वाचन समितिले तालिका सार्वजनिक गरेको छ ।