यी हुन् विश्वका कोरोनाबाट संक्रमित र मृतकका ‘टपटेन’ मुलुक



काठमाडौं । विश्वभर कोरोना महामारीबाट संक्रमितको संख्या २ करोड ७४ लाख नाघेको छ भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ लाख नजिक पुगेको छ ।

पछिल्लो तथ्यांकअनुसार हालसम्म विश्वभर २ करोड ७४ लाख ७९ हजार १ सय ९४ संक्रमित पुगेका छन् । पछिल्लो २४ घन्टामा १ लाख ९६ हजार ७३ जना थपिएसँगै उक्त संख्या पुगेको हो । त्यस्तै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ लाख ९६ हजार ४ सय २१ जना पुगेका छन् । त्यस्तै विश्वमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या १ करोड ९५ लाख ७३ हजार ७९ पुगेको छ ।

हालसम्म अमेरिकामा विश्वमै सबैभन्दा धेरै संक्रमित र मृतक पुगेका छन् । अमेरिकामा हालसम्म ६४ लाख ८५ हजार ५ सय ६७ संक्रमित देखिएका छन् भने १ लाख ९३ हजार ५ सय ३४ जनाको मृत्यु भइसकेको छ ।

त्यस्तै पछिल्ला दिनमा तीब्रगतिमा संक्रमित संख्या बढीरहेको भारत भने ब्राजिललाई उछिन्दै दोस्रो स्थानमा पुगेको छ । भारतमा हालसम्म ४२ लाख ७७ हजार ५ सय ८४ जना संक्रमित पुगेका छन् । पछिल्लो २४ घन्टामा मात्रै भारतमा ७५ हजार २२ जना नयाँ संक्रमित थपिएका छन् । त्यस्तै भारतमा पछिल्लो २४ घन्टामा १ हजार १ सय २९ जनाको मृत्यु भएसँगै हालसम्म ७२ हजार ८ सय १६ जनाको मृत्यु भएको छ ।

त्यस्तै ब्राजिलमा हालसम्म ४१ लाख ४७ हजार ७ सय ९४ संक्रमित पुगेका छन् भने १ लाख २७ हजार १ जनाको मृत्यु भएको छ ।

त्यस्तै रसियामा भने संक्रमितको संख्या १० लाख ३० हजार ६ सय ९० पुगेको छ । रसियामा हालसम्म १७ हजार ८ सय ७१ जनाको मृत्यु भएको छ ।

हालसम्म विश्वमा संक्रमित संख्यामा रसियापछि पेरु, कोलम्बिया, दक्षिण अफ्रिका, मेक्सिको, स्पेन र अर्जेन्टिना क्रमशः पाँचौं, छैठौं, सातौं, आठौं, नवौं र दशौं स्थानमा रहेका छन् ।

त्यस्तै कोरोनाबाट ज्यान गुमाउनेको संख्यामा अमेरिका शीर्षस्थानमा रहेको छ भने ब्राजिल दोस्रो स्थानमा रहेको छ । त्यस्तै भारत तेस्रो स्थानमा पुगेको छ । त्यस्तै मेक्सिको, बेलायत, इटाली, फ्रान्स, पेरु, स्पेन र इरान क्रमशः चौथो, पाँचौं, छैठौं, सातौं, आठौं, नवौं र दशौं स्थानमा रहेका छन् ।