नेपाली रक्तदाता संघ अष्ट्रेलियाको अध्यक्षमा सिटौला

मेलबर्न । नेपाली रक्तदाताहरुको अन्तर्राष्ट्रिय संस्था अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघको भगिनी संस्थाको रुपमा नेपाली रक्तदाता संघ अष्ट्रेलियाको स्थापना भएको छ । संघका अध्यक्ष अजय सत्यालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथीको रुपमा अस्ट्रेलीयाका लागी नेपाली राजदुत महेशराज दाहाल थिए । संघका महासचिब राहुल रेग्मीले संचालन गरेको उक्त कार्यक्रममा स्वागत मन्तब्य संघका उपाध्यक्ष एभरेष्ट गौतम र संस्थाको बारेमा बिनोद प्रसाद मैनालीले प्रकाश पारेका थिए ।

भूपाल सिटौला अध्यक्ष रहने गरि गठित १७ सदस्यीय कार्यसमितिको घोषणा संघका उपाध्यक्ष प्रसान्त उप्रेतीले गरेका थिए । नवगठित समितिको अध्यक्षमा सिटौला, उपाध्यक्ष मुक्ती राम पोख्रेल र प्रकाश खरेल, सचिव प्रकाश लामिछाने, सहसचिब चन्द्र प्रकाश ढकाल, कोषाध्यक्ष रंजीता भण्डारी र सदस्यहरुमा उमेश पोखरेल, निरज खतिवडा, ललित मल्ल, अर्जुन गैरे, सिमा थापा, दिवाकर काफ्ले, सुर्य खनाल, ईश्वर कुईकेल, प्रशंना दहाल, अजय राजबन्शी र राज खनाल चयन भएका थिए ।

त्यस्तै संस्थाको संरक्षकमा बिनोद प्रसाद मैनाली र सल्लाहकारहरुमा अन्तराष्ट्रिय झापाली समाजका पूर्व अध्यक्ष दिनेश पोखरेल, सामाजिक अभियन्ता बिष्णु हमाल, गैरआवासिय नेपाली संघ अस्ट्रेलीयाका पूर्व अध्यक्ष तथा अधिवक्ता टोनु घोताने, गैरआवासिय नेपाली संघ अस्ट्रेलीया का पूर्व महासचिब तथा अधिवक्ता भरत पोखरेल, पत्रकार महासंघ अस्ट्रेलीया का अध्यक्ष हेमन्त काफ्ले, सामाजिक अभियन्ता भैरव ढकाल, एनआरएनए आईसीसी महिला, स्वास्थ्य र शिक्षा समिति का संयोजक भोमा लिम्बू, गैरआवासिय नेपाली संघ अस्ट्रेलीया का पूर्व अध्यक्ष महेन्द्र ओली र मेडिकल डाक्टर डा। देवेन्द्र सापकोटा चयन भएको महासचिव रेग्मीले जानकारी दिए ।

भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी दहालले जीवन बचाउने पवित्र कार्यका लागि देश र बिदेशमा रहेर नेपाली समुदाय सेवा भावमा लागेको देख्दा आफुलाई गर्व महसुस भएको भन्दै संघलाई धन्यवाद दिए । उनले नेपाली राजदुताबास नेपाली रक्तदाता संघ अस्ट्रेलीया संग निरन्तर सहकार्य गर्दै अगाडी बढने र दुताबासले यो अभियानमा सक्दो सहयोग पनि गर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *