

नेपाली सेनाका जमदार पाण्डेले दुर्घटनामा गुमाए ज्यान

सिराहा । सिराहामा भएको मोटरसाइकल दुर्घटनामा नेपाली सेनाका एक जमदारको मृत्यु भएको छ ।
मृत्यु हुनेमा खोटाङको घर भइ सुनसरीको इटहरी ४ बस्ने पेशल पाण्डे छन् । उनी नेपाली सेनाको श्री बक्स गुल्मी अर्थुङ्गे ब्यारेक म्याग्दीमा कार्यरत थिए ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत धनगढीमाई नगरपालिका–१ स्थित मेदनी पुल सडक खण्डमा आफैंले चलाएको मोटरसाइकल दुर्घटना भई उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
को.२२ प २९४४ नम्बरको मोटरसाइकल चढेर पश्चिमबाट पूर्वतर्फ आउँदै गर्दा दुर्घटनामा परी गम्भीर घाइते भएका उनलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको सिरहा प्रहरीले जनाएको छ ।