

काठमाठौंमा १७७ सहित देशभर ७३४ संक्रमित थपिए, रुपन्देहीमा ४ सहित ८ को मृत्यु

काठमाडौं । नेपालमा काठमाडौं उपत्यकामा २ सय २४ जना नयाँ संक्रमित सँगै पछिल्लो २४ घन्टामा देशभर ७ सय ४३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
काठमाडौं जिल्लामा मात्र १ सय ७७ जना संक्रमित थपिएका छन् । जुन संख्या पछिल्लो २४ घन्टामा एउटै जिल्लामा थपिएको सबैभन्दा धेरै संक्रमितको संख्या भएको पनि मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयले नियमित गर्दै आएको कोरोना अपडेटमा उक्त कुरा बताएको हो । हालसम्म नेपालमा कोरोना संक्रमणको संख्या ३२ हजार ६ सय ८० पुगेको पनि जनाइएको छ ।
त्यस्तै नेपालमा पछिल्लो २४ घन्टामा ८ जना को मृत्यु भएको जनाइएको छ । मृत्यु हुनेमा ५ पुरुष र ३ महिला रहेको पनि मन्त्रालयले जनाएको छ ।
हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ सय ५७ पुगेको मन्त्रालयले पुष्टी गरेको छ ।