ट्रकले स्कुटरलाई ठक्कर दिँदा भाईको मृत्यु, दिदी गम्भीर घाइते



सुर्खेत । सुर्खेतमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएकी छिन् ।

नेपालगञ्ज–सुर्खेत सडकखण्डअन्तर्गत सुर्खेतको वीरेन्द्रनगर–११ ठूलो व्युरेनीमा मालबाहक ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक भेरीगंगा नगरपालिका–१२ छिन्चुका २६ वर्षीय रविन राना मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिएका छन् । दुर्घटनामा उनकी दिदी रानी रानामगर घाइते भएकी छिन् ।

भेरीगंगा नगरपालिका–१२ छिन्चुबाट वीरेन्द्रनगरतर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२०० प ७६६९ लाई जुम्लाबाट नेपालगञ्ज जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ प ०१२४ नम्बरको मालबाहक ट्रकले ठक्कर दिएको हो।

ट्रक चालक फरार छन्। उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।