

२ वर्षपछि पहिलोपटक वैदेशिक रोजगारमा कोरिया पठाइँदै

काठमाडौं । कोरोना महामारीका कारण लामो समयदेखि रोकिएको दक्षिण कोरियाको वैदेशिक रोजगार आजदेखि खुला भएको छ । कोरोनाभाइरस संक्रमणका कारण जान नपाएका रोजगार अनुमति प्रणाली ईपीएस अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण गरेका श्रमिकहरु २० महिनापछि आजदेखि कोरिया जान शुरु गर्ने भएका हुन् ।
पहिलो चरणमा ४८ जना श्रमिकहरु आजै साँझ ७ बजेको उडानमार्फत कोरिया जाने श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ ।
श्रमिकहरुलाई दिउँसो ३ बजे मन्त्रालयका अधिकारीहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाइ गर्ने कार्यक्रम छ ।