कांग्रेसमा पौडेल पक्षले बोलायो छुट्टै भेला, ‘महाधिवेशन निष्पक्ष हुनेमा आशंका’

काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल पक्षले छुट्टै बोलाएको छ। सोमबार दिउँसो पार्टी केन्द्रीय कार्यालयमा बोलाइएको उक्त भेलामा पौडेल पक्षमा रहेका शीर्ष नेताहरू उपस्थित हुने जनाइएको छ ।

देशका विभिन्न स्थानलगायत सभापति शेरबहादुर देउवाको गृहजिल्लामा क्रियाशील सदस्यता विवादबीच नै जर्बजस्ती वडाअधिवेशन गरिएकोमा पौडेल पक्षले विरोध गरेको छ।

डडेलधुरा घटनाले आसन्न १४ औं महाधिवेशन निष्पक्ष हुनेमा शंका देखिएकोले सभापति देउवालाई खबरदारी गर्न भेला बोलाइएको एक नेताले बताए।

क्रियाशील विवाद देखिएका जिल्लामा तत्कालै विवाद हल गर्न आज दिउँसो २ बजे भेला गरेर छलफल गर्न लागिएको पौडेलको सचिवालय स्रोतले जनाएको छ।

कांग्रेसले ५६ जिल्लाका विभिन्न वडाहरूमा भने यसअघि नै अधिवेशन गरिसकेको छ। कांग्रेसले वडा अधिवेशन सक्न ढिलाइ गर्दा गाउँरनगर अधिवेशन प्रभावित भएको छ। अब गाउँरनगर अधिवेशन असोज ९ गतेलाई सारिएको छ।

१४ औं महाधिवेशन भने मंसिर ९ देखि १३ गतेसम्म काठमाडौंमा हुनेगरी कांग्रेसले तयारी गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *