

अफगानिस्तानमा तालिबानको बढ्दो प्रभाव रोक्न अमेरिकाद्वारा हवाई आक्रमण

काबुल – अफगानिस्तानमा विद्रोही समूह तालिबानको बढ्दो प्रभाव रोक्न अमेरिकाले हवाई आक्रमणलाई बढाएको छ । अफगानिस्तानको सेनासँगको सहकार्यमा अमेरिकाले लडाकु विमानमार्फत हवाई आक्रमणलाई बढाएको हो ।
केही समययता तालिबानले विभिन्न सहरलाई नियन्त्रणमा लिन थालेसँगै भएको हवाई आक्रमणमा कयौं लडाकु मारिएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । तालिबानले पनि आक्रमणका घटनालाई बढाउँदै लगेको छ । जरञ्ज राज्यको शाबरगानमा रहेको एक जेलका सबै कैदीलाई तालिबानले रिहा गरिदिएको छ ।
तालिबानले पछिल्लो तीन दिनमा तीन वटा प्रान्तीय राजधानी आफूहरुले कब्जामा लिएको दाबी गरेको छ । लडाकुहरुले पछिल्लो पटक कुन्दुज प्रान्तको राजधानी नियन्त्रणमा लिएको दाबी गरेका हुन् । यसअघि निम्रोजको राजधानीको जरञ्ज र जोजन राज्यको शाबरगान नियन्त्रणमा लिइएको दाबी गरिएको थियो । अफगानिस्तानबाट अमेरिकासहितका विदेशी सेना फिर्ता हुने निर्णयसँगै तालिबानले आफ्ना गतिविधिलाई बढाउँदै लगेको छ ।